+
+
WC Series
लुम्बिनी लायन्स 2025
123/6 (17.6)
VS
१२ बलमा १० रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मोरङ प्रहरीले नष्ट गर्‍यो ५५ सय किलो गाँजा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ प्रहरीले विभिन्न मितिमा बरामद गरेको पाँच हजार ५ सय २७ किलो गाँजा खाल्डो खनेर नष्ट गरेको छ।
  • प्रहरी प्रमुख एसपी कवित कटवालले जलाउँदा वातावरणमा असर पर्ने भएकाले गाँजा खाल्डोमा गाडिएको जानकारी दिए।
  • धनकुटा र भोजपुरमा व्यावसायिक रूपमा गाँजा खेती हुने र पहाडी जिल्लाबाट भारतीय बजारसम्म गाँजा पुग्ने प्रहरीले जनाएको छ।

१९ मंसिर, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेका ५ हजार ५ सय केजीभन्दा बढी गाँजा नष्ट गरेको छ ।

विभिन्न मितिमा बरामद गरेको पाँच हजार ५ सय २७ किलो गाँजा शुक्रबार प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरेको हो ।

बरामद गरिएको गाँजा खाल्डो खनेर नष्ट गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

उनका अनुसार जलाउँदा वातावरणमा असर गर्ने भएकाले खाल्डो खनेर गाडिएको हो ।

कोशी प्रदेशको पहाडी क्षेत्र धनकुटा, भोजपुरमा प्रतिबन्धित गाँजा खेती हुँदै आएको छ ।

पहाडी जिल्लामा उत्पादित गाँजा चोरबाटो हुँदै भारतीय बजारसम्म पुग्छ । प्रहरीले नष्ट गरेको गाँजा जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?