+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

८२.७ अर्ब डलरमा नेटफ्ल्क्सिले किन्यो वार्नर ब्रदर्स, हलिउडमा चासो र चिन्ता

हलिउड उद्योग समूहले पनि नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहण गर्दा फिल्मको थिएटर व्यवसायलाई हानि पुग्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सले वार्नर ब्रदर्स, एचबीओ म्याक्स र अन्य स्टुडियोहरू ८२.७ अर्ब अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्झौता गरेको छ।
  • नेटफ्लिक्सले वार्नर ब्रदर्सको फिल्म र टिभी व्यवसाय निरन्तरता दिने र सन् २०२९ सम्मको रिलिज सम्झौता कायम रहने बताएको छ।
  • नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहणले वार्षिक २ अर्बदेखि ३ अर्ब डलर लागत बचत हुने र मनोरञ्जन उद्योग बलियो हुने अपेक्षा गरेको छ।

लस एन्जलस । नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ ।

यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ ।

८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको छ ।

वार्नर ब्रदर्सको स्ट्रिमिङ र स्टुडियो व्यवसाय खरिद गर्ने नेटफ्लिक्सको सम्झौताको घोषणा एक हप्ता लामो रस्साकस्सीपछि आएको हो । स्टुडियो किन्न डेभिड एलिसनको प्यारामाउन्ट स्काइडान्स र कमकास्ट पनि प्रतिस्पर्धामा थिए ।

वार्नर ब्रदर्सको अहिलेको संचालन र यसका फिल्मको हल रिलिजलाई पनि निरन्तरता दिने नेटफ्ल्क्सिले जनाएको छ । अहिले वार्नर ब्रदर्ससँग सन् २०२९ मा फिल्म रिलिज गर्ने सम्झौता कायमै छन् ।

यो बहुचर्चित सम्झौतापछि नेटफ्ल्क्सिका ग्राहकले वार्नर ब्रदर्सको विशाल फिल्म र सिरिजको अभिलेखमा पहुँच पाउनेछन् । यसले नेटफ्लिक्सलाई उपभोक्ताको लागि आफ्ना योजना बनाउन, हेर्ने विकल्प बढाउन र सामग्रीमा पहुँच विस्तार गर्न अनुमति दिन्छ ।

नेटफ्लिक्सले वार्नर ब्रदससँगको सम्झौता समाप्त भएको तेस्रो वर्षसम्ममा वार्षिक २ अर्बदेखि ३ अर्ब डलरको लागत बचत हुने अपेक्षा गरेको बताएको छ ।

कम्पनीहरूका अनुसार, ‘यो अधिग्रहणले नेटफ्लिक्सको नवीनता, विश्वव्यापी पहुँच र वार्नर ब्रदर्ससँगको उत्कृष्ट स्ट्रिमिङ सेवालाई संयोजन गर्दै, दुई अग्रणी मनोरञ्जन व्यवसायलाई एकसाथ ल्याउँछ ।

‘द बिग ब्याङ्ग थ्योरी’, ’द सोप्रानोस’, ’गेम अफ थ्रोन्स’, ‘द विजार्ड अफ ओज’ र डीसी युनिभर्स जस्ता रुचाइएका फ्रान्चाइजी, कार्यक्रम र चलचित्रहरू ‘वेडनेस्डे’, ‘मनी हेइस्ट’, ‘ब्रिजरटन’, ‘एडोलेसेन्स’ र ‘एक्सट्र्याक्शन’ सहित नेटफ्लिक्सको व्यापक पोर्टफोलियोमा सामेल हुनेछन्, जसले विश्वभरका दर्शकका लागि असाधारण मनोरञ्जन दिनेछ ।

डाइरेक्टर्स गिल्ड अफ अमेरिका र थिएटर-चेन ट्रेड ग्रुप सिनेमा युनाइटेड लगायत हलिउड उद्योग समूहले पनि नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहण गर्दा फिल्मको थिएटर व्यवसायलाई हानि पुग्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

नेटफ्लिक्सले आफ्नो घोषणामा यो सम्झौताले “एक बलियो मनोरञ्जन उद्योग’ निर्माण गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार, “यो अधिग्रहणले नेटफ्लिक्सको स्टुडियो क्षमतालाई बढावा दिनेछ, जसले कम्पनीलाई अमेरिकी उत्पादन क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्न र लामो अवधिमा मौलिक सामग्रीमा लगानी बढाउन जारी राख्न अनुमति दिनेछ जसले रोजगारी सिर्जना गर्नेछ र मनोरञ्जन उद्योगलाई बलियो बनाउनेछ ।

“हाम्रो लक्ष्य सधैं संसारलाई मनोरञ्जन दिनु रहेको छ’ नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोसले एक विज्ञप्तिमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?