१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो ।
बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी थिए ।
आफ्नो तर्फबाट राखेको भनाइ सुनाउँदै नेतृ भुसालले भनिन्, ‘कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट राख्यौं । यदी त्यस्तो थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ भनेर राख्यौं ।’
साथै, वर्तमान सरकारलाई निर्वाचन नगराउने छुट नभएको पनि बताएको जानकारी गराइन् ।
‘यो सरकारलाई फागुन २१ गते निर्वाचन नगराउने छुट छैन,’ उनले भनिन् ।
उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले पनि जसरी पनि निर्वाचन गराउन सरकार प्रतिबद्ध भएको जनाएकी छिन् ।
‘चुनौतीलाई फेस गर्न तयार छौं भनेर सरकारी पक्षबाट उहाँले भन्नुभयो,’ भुसालले भनिन् ।
प्रतिक्रिया 4