+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
55/2 (10.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

केही सुध्रियो क्यानडाको श्रम बजार, रोजगारी वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडामा नोभेम्बर महिनामा ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जसले कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि गरेको छ।
  • रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ।
  • स्वास्थ्य सेवा, आवास तथा खाना–पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रमा रोजगारी वृद्धि देखिएको छ, तर थोक तथा खुद्रा व्यापारमा रोजगार घटेको छ।

२० मंसिर, काठमाडौं । क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।

मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ ।

स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रहरूमा रोजगारी वृद्धि देखिएको छ । तर थोक तथा खुद्रा व्यापार सेक्टरमा भने रोजगार घटेको उल्लेख गरिएको छ ।

नोभेम्बरमा ७३.६ प्रतिशत कर्मचारीले आफ्नो रोजगारी सुरक्षित रहेको महसुस गरेका थिए, तर यो अनुपात नोभेम्बर सन् २०२३ को तुलनामा ४.१ प्रतिशत बिन्दुले कम रहेको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?