२० मंसिर, रौतहट । सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ ।
हिजो (शुक्रबार) रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मोथिहायी पुल नजिकै बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा वृन्दावन नगरपालिका वडा नम्बर २ विश्रामपुर बस्ने ४० वर्षिय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलका चालक पटेलको निधन भएको थियो ।
मोटरसाइकलमा सवार यादवसँगै उनका छोरा १२ वर्षीय युवराज पटेल, छोरी आकृति पटेल र छोरा १५ वर्षीय प्रिन्स कुमार पटेल घाइते भएका थिए ।
गम्भीर घाइते यादवको उपचारका क्रममा उनको ज्यान गएको थियो । यादवको मृत्यु पछी उनका परिवारजन तथा आफन्तले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी राजमार्ग बन्द गरेर प्रदर्शन गरेका थिए ।
प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन् ।
प्रतिक्रिया 4