+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

यी हुन् धादिङको चालिसे दुर्घटनाका ३५ घाइते (नामावली)

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते २१:४८

२० मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

काठमाडौंबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यी हुन् घाइतेहरू :

१) गोरखा पालुङटार न.पा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल ।

२)  गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक ।

३)   गोरखा पालुङटार न.पा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा ।

४)  काठामाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को  सिता गजुरेल ।

५)  लम्जुङ राईनिस न.पा–१ बस्ने वर्ष ४० को अजय घिमिरे ।

६)   लम्जुङ राईनिस न.पा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे ।

७)  लम्जुङ राईनिस न.पा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे ।

८)बा.प्र.०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका न.पा–६ बस्ने वर्ष ४२ को उदय बहादुर थापा ।

९) चितवन कालिका न.पा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा  ।

१०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ की कबिता सिङ ।

११) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ ।

१२) चितवन कालिका न.पा–६  बस्ने वर्ष १५ को रमित परियार ।

१३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको ।

१४) चितवन कालिका न.पा–६ वर्ष १५ को ईस्माईल थिङ ।

१५) चितवन कालिका न.पा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने ।

१६) चितवन कालिका न.पा–६ बस्ने वर्ष  १३ को सचिन गुरुङ ।

१७) चितवन कालिका न.पा–६ वर्ष २३ को शिव लामिछाने ।

१८) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा ।

१९) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ ।

२०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को मिलन तामाङ ।

२१) चितवन कालिका न.पा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ ।

२२) चितवन कालिका न.पा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा ।

२३) चितवन कालिका न.पा–६  बस्ने वर्ष १५ को बिराज तामाङ ।

२४) चितवन कालिका न.पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल ।

२५) चितवन कालिका न.पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ ।

२६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर परियार ।

२७) चितवन कालिका न.पा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ ।

२८) चितवन कालिका न.पा–२ बस्ने वर्ष २० कमल गुरा ।

२९) चितवन कालिका न.पा–७ बस्ने वर्ष १६ की रबिना सुनार ।

३०) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर ।

३१) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १४ को आयुब बि.क ।

३२) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १५ की बिमला तामाङ ।

३३) लु.९५ प ३०७ नं. मो.सा. चालक धादिङ थाक्रे गा.पा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस ।

३४) ल्ी०१ब्द्य४६५४ नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३०/३५ वर्षीय (ट्रमा सेन्टरमा उपचाररत)

३५) ग १ ख ८५५१ नं. को बस चालक गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ४४ को राजु कार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?