+
+
Shares

विराट ट्रेड एक्स्पो ९ पुसदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:३७

२२ मंसिर, विराटनगर । आगामी ९ पुसदेखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गरिने भएको छ ।

मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका–२ शान्ति चोकमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजना गर्न लागेको हो ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले ९ देखि १९ पुससम्म एक्स्पो सञ्चालन गर्ने बताएको छ ।

संघका अध्यक्ष अनुपम राठीले आर्थिक गतिविधिलाई चलायमान बनाउनेका लागि एक्स्पो आयोजना गर्न लागिएको बताए ।

एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने उनले बताएका छन् ।

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी राठीले दिए ।

भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिने उनले बताए ।

२ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?