News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘अवतार ३’ को एड्भान्स टिकट विक्री सोमबारदेखि नेपालमा क्यूएफएक्सले सुरु गरेको छ।
- यो फिल्म ४ पुस २०८२ मा विश्वव्यापी प्रदर्शन हुने तयारीमा छ र नेपालमा अग्रिम टिकट विक्री ११ दिनअघि खुलाइएको छ।
- ‘अवतार ३’ लाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको छ र यो श्रृंखला अहिलेसम्मकै भब्य फिल्म बताइएको छ।
काठमाडौँ । समग्र विश्वले नै पर्खिरहेको फिल्म ‘अवतार ३’ को एड्भान्स टिकट विक्री सोमबारदेखि नेपालमा सुरु भएको छ । प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम टिकट विक्री खुलाएको छ ।
जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस अर्थात १९ डिसेम्बर, २०२५ मा विश्वब्यापी प्रदर्शन तयारीमा छ । रिलिजको ११ दिनअघि नै नेपालमा अग्रिम टिकट विक्री खुला गरिएको हो ।
नेपाली दर्शकले सोमबार बेलुकादेखि नै टिकट काट्न थालिसकेका छन् । रिलिजको ११ दिनअघि नै अग्रिम टिकट विक्री खुलाउने यो अभ्यास सम्भवतः नेपालमा पहिलो हुनुपर्छ ।
यो साइन्स फिक्सन फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो । अहिले यो फिल्मको संसारका ठूला सहरहरूमा धमाधम प्रिमियरहरू भैरहेको छ ।
गतसाता अमेरिकाको लस एन्जलस सहरमा आयोजित प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेरेकाले अभूतपूर्व सिनेम्याटिक अनुभव भएको बताएका छन् ।
‘अवतार’ को पहिलो श्रृंखला नेपालमा प्रदर्शन हुने सम्भवतः पहिलो थ्रीडी फिल्म रहेको बताइन्छ । काल्पनिक पाण्डोरा ग्रहमा पृथ्वीबाट जाने अमेरिकी सैनिकहरूले उक्त ग्रहलाई उपनिवेश तुल्याउन, महंगा खनिज खोज्न र आदिवासीलाई लखेट्न गर्ने संघर्षको कथा यसमा छ ।
पाण्डोराका आदिवासी आफ्नो थातथलो र पहिचान जोगाउन संघर्ष गर्छन् । तेस्रो श्रृंखलालाई अवतारको अहिलेसम्मकै भब्य फिल्म बताइएको छ । ‘अवतार ४’ डिसेम्बर २१, २०२९ र पाँचौं श्रृंखला डिसेम्बर १९, २०३१ मा प्रदर्शन हुने तयारीमा छन् ।
‘अवतार’का अघिल्ला दुवै श्रृंखला सर्वकालिन धेरै कमाउने पहिलो र तेसो स्थानमा क्रमशः छन् ।
प्रतिक्रिया 4