+
+
Shares

लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशद्वारा चितवनलाई उत्कृष्ट जिल्लाको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानअन्तर्गत बागमती प्रदेशले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको छ।
  • सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले उत्कृष्ट कार्यसम्पादन र सङ्गठनात्मक सक्रियताका आधारमा चितवनलाई सम्मान गरेको हो।
  • चितवन शाखाले सांस्कृतिक संरक्षण र प्रतिभा विकासमा निरन्तर सक्रियता देखाएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गरेको सचिव रोबिन सुवेदीले बताउनुभयो।

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानअन्तर्गत बागमती प्रदेशले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको छ । संस्थाको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले उक्त घोषणा गर्‍यो ।

प्रदेशअन्तर्गतका जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो ।

अधिवेशनमा चितवनबाटसंस्थाका अध्यक्ष वसन्त लामा, सचिव रोबिन सुवेदी, कोषाध्यक्ष भूमिराज घिमिरे सहभागी थिए ।

चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियतामार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट जिल्ला’ उपाधि प्रदान गरेको सचिव सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?