+
+
Shares
प्रतिनिधि सभा निर्वाचन :

पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:३८

२३ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का लागि रानाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति झमनराज मगरले प्रत्यक्षतर्फको उम्मेदवारका लागि रानाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरिएको पुष्टि गरे ।

राना कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार  प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

बैठकले पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर २३ मंसिरभित्र जिल्ला कार्यसमितिमा (एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा) पठाउने भनिएको छ ।

नाम सिफारिस गर्ने बैठकमा सहमति भए सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गर्नु पर्ने परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउनु पर्नेछ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्‍याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने परिपत्रमा भनिएको छ ।

प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत् निर्देशन दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?