+
+
Shares

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरेको छ।
  • प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नाम सर्वसम्मत रूपमा प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए।
  • समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका छन्।

२३ मंसिर, काठमाडौं । आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।

संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।  उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् ।

यसअघि महामन्त्री थापfको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो छ ।

थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट संसद सदस्य बनिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?