+
+
WC Series
काठमान्डु गोर्खाज 2025
96/9 (18.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

मैले कुनै झोंकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

‘हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो । तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथियो, आउन हुँदैन थियो । महाधिवेशनको आयोजना भइरहँदा एजेन्डाहरू के के हुन् ?,’ पोखरेलले भने, ‘अहिले हामीले उठाएको कुरा के हो भने प्रारम्भमा हाम्रो विचारबारे पार्टीमा विवाद छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १५:५४

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन् । बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो,’ पोखरेलले भने, ‘सार्वजनिक रुपमा पनि हो । हामी कुनै अस्वभाविक रुपमा प्रस्तुत भएको होइन । पार्टी अध्यक्षसँग मैले नै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो ।’

साथै, उनले पार्टीमा विचारबारे विवाद नभएको पनि उल्लेख गरे ।

‘हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो । तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथियो, आउन हुँदैन थियो । महाधिवेशनको आयोजना भइरहँदा एजेन्डाहरू के के हुन् ?,’ पोखरेलले भने, ‘अहिले हामीले उठाएको कुरा के हो भने प्रारम्भमा हाम्रो विचारबारे पार्टीमा विवाद छैन ।’

पार्टी जीवनमा कार्यसम्पादन शैली त्रुटिपूर्ण हुँदै जाँदा समस्या बनेको उनको भनाइ थियो ।

‘जसले गर्दा हाम्रा असल विचार रुटमा पुग्ने कुरामा समस्या पैदा भयो । विचार अनुसार व्यवहारमा लागू गर्ने कुरामा कमजोरी हुन पुग्यो,’ पोखरेलले भने, ‘हाम्रो तथ्यले एउटा पुष्टि गरेको छ, सत्यको घोषणा अर्कै अर्कै हुन थाल्यो । आफूले गल्ती कमजोरी गरिएको हुन्छ, त्यसप्रति रियलाइजेशन हुन सकेन । जनतामा पुग्ने कुरा कमजोर हुँदै गयो ।’

पार्टी जीवनको लोकतन्त्रको कुरा महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

‘सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि दल अझ कम्युनिस्ट पार्टी चल्न सक्दैन । विधि र पद्धतिबाट चल्नुपर्ने आवश्यकता छ,’ पोखरेलले भने, ‘सामूहिक नेतृत्वलाई अगाडि बढाइएन भने पार्टी चल्न सक्दैन । सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?