News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको धार्चे गाउँपालिका–२ मा सेवा निवृत्त प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई हेलिकप्टर चढाएर बिदाइ गरिएको छ।
- उपरकोटीले ३६ वर्ष ८ महिना २२ दिन सेवा गरेका थिए र विद्यालयलाई कक्षा १० सम्म पुर्याउन योगदान दिएका थिए।
- उहाँलाई हेलिकप्टर खर्च २ लाख ५ हजार लागेर काठमाडौंबाट चितवन पुर्याइएको थियो र उहाँले समुदायको सम्मानलाई ऐतिहासिक भने।
२४ मंसिर, काठमाडौं। गोरखाको धार्चे गाउँपालिका–२ मा रहेको गण्डकी माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई हेलिकप्टरमा चढाएर बिदाइ गरिएको छ।
३६ वर्ष ८ महिना २२ दिन सेवा गरेका उनलाई मंगलबार विशेष कार्यक्रमका साथ हेलिकप्टर चढाएर बिदाइ गरिएको वडाध्यक्ष सरोज गुरूङले बताए । ‘हिजो बिदाइ गरिएको हो । विद्यालयको स्थापनाकालदेखि नै उहाँले विद्यालयमा काम गर्नुभयो। भूपु विद्यार्थी, अभिभावक र विद्यार्थीले हेलिकप्टर चढाएर बिदाइ गरेको हो,’ उनले भने।
सेवा निवृत्त प्रधानाध्यापक उपरकोटीले विद्यालयलाई १० कक्षासम्म बनाउन योगदान दिएका थिए । ‘कक्षा ३, कक्षा ८ हुँदै कक्षा १० सम्म उहाँले बनाएको हो । शिक्षामा दिएको योगदान स्वरुप सम्मान गरेको हो,’ गुरुङले भने।

पुरलाकोटीको पुर्खौली घर गोरखा हो । तर हाल बसाइ सेरर चितवनको भरतपुर सरेका छन्। त्यसैले उनलाई काठमाडौंसम्म हेलिकप्टर र काठमाडौंबाट जहाजमा चितवन पुर्याइएको छ । ‘आज काठमाडौंबाट चितवन उड्नु भयो,’ वडाध्यक्ष गुरुङले भने ‘हेलिकप्टर खर्च २ लाख ५ हजार खर्च लागेको छ।’
सेवा निवृत्त भएका प्रधानाध्यापक पुरलाकोटीले आफूलाई समुदायले गरेको सम्मानको गुण तिर्न नसक्ने बताए । ‘हेलिकप्टरबाट बिदाइ गर्ने दुई दिनअघि मात्र थाहा पाएको हुँ। राजीनामा मंसिर १० गते स्वीकृत भएको थियो,’ उपरकोटीले भने, ‘यो ऐतिहासिक सम्मान हो। मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। समुदायले गरेको सम्मानको गुण तिर्न सक्दिनँ।’

शिक्षक पेशामा आउन चाहने नयाँ पुस्ताको लागि यो सम्मान प्ररेणा हुने उनले बताए। ‘शिक्षक हुँ। पढाउन गएको थिएँ,’ उनले भने। उनी प्रधानाध्यापक भएपछि विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको थियो। दुर्गम क्षेत्रको विद्यालय भएर पनि नमुना विद्यालयको पुरस्कार पाएको थियो।

प्रतिक्रिया 4