+
+
Shares

एक महिनामा आलुको भाउ ४० प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार एक महिनामा आलुको भाउ ४० प्रतिशतले घटेको छ।
  • रातो आलुको भाउ २५ कात्तिकमा प्रतिकिलो ५९ रुपैयाँबाट हाल ३५.३३ रुपैयाँमा झरेको छ।
  • भारतीय रातो आलुको भाउ १६.५७ प्रतिशत र सेतो आलुको भाउ २०.७३ प्रतिशतले घटेको छ।

२५ मंसिर, काठमाडौं । एक महिनामा आलुको भाउ ४० प्रतिश घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीले एक महिना अवधिमा आलुको भाउ ४० प्रतिशतसम्म गिरावट आएको देखाएको हो।

एक महिनाअघि २५ कात्तिकमा प्रतिकिलो थोकमा औसत ५९ रुपैयाँ पर्ने रातो आलु हाल ३५.३३ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै एक महिना अवधिमा भारतीय रातो आलुको भाउ प्रतिकिलो औसतमा १६.५७ प्रतिशतले घटेको छ । २५ कात्तिकमा प्रतिकिलो ४३.४७ रुपैयाँमा किनबेच भएको उक्त आलुको प्रतिकिलो भाउ आज ३६.५० रुपैयाँ कायम छ ।

यसैगरी सेतो आलु पनि २०.७३ प्रतिशतले घटेको छ । आज सेतो आलु प्रतिकिलो थोकमा औसत ३२.५० पैसा कायम छ । एक महिनाअघि सेतो आलु प्रतिकिलो ४१ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?