+
+
WC Series
विराटनगर किंग्स 2025
60/5 (10.3)
VS
५७ बलमा ७५ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

उम्मेदवार हुन इच्छुकसँग उज्यालो नेपालले माग्यो आवेदन 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाली पार्टीले प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि आवेदन पुस ३ गतेभित्र माग गरेको छ।
  • आवेदकले राजनीतिक प्रतिवद्धता, पेशागत योग्यता, पार्टी सिद्धान्त र घोषणापत्रप्रति विश्वास देखाउनु पर्ने उज्यालो नेपालले जनाएको छ।
  • छनोट परेका उम्मेदवारलाई विशेष अभिमुखीकरण र क्षमता विकास गरिने उज्यालो नेपालले बताएको छ।

२५ मंसिर, काठमाडौं । उज्यालो नेपाली पार्टीले प्रतिनिधिसभाका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारका लागि आवेदन माग गरिएको छ ।

उज्यालो नेपालका प्रवक्ता डा. राजु थापाका अनुसार पुस ३ गतेभित्र पेश गर्ने गरी आवेदन माग गरिएको छ ।

आवेदकले राजनीतिक प्रतिबद्धता, पेशागत योग्यता, स्थानीय र राष्ट्रिय वस्तुस्थितिको बुझाई, पार्टीको सिद्धान्त र घोषणापत्रप्रति विश्वास, सार्वजनिक छविको आधारमा उम्मेदवार चयन हुने उज्यालो नेपालले जनाएको छ ।

छनोट परेका उम्मेदवारलाई विशेष अभिमुखीकरण र क्षमता विकास गर्ने उज्यालो नेपालले जानकारी गराएको छ ।

उम्मेदवारका लागि आवेदनकर्ता संविधान र कानुनले तोके बमोजिमको योग्यता पुगेको, संवैधानिक र कानुनी रुपमा अयोग्य नभएको, आपराधिक कसूरदारमा दोषी ठहर नभएको व्यक्ति आवदेनका लागि योग्य हुने उज्यालो नेपालले जनाएको छ ।

साथै, कानुनले तोकेको सीमाभित्र रहेर पारदर्शी चुनावी खर्च गर्न प्रतिवद्दता आवेदकले गर्नुपर्ने भएको छ ।

व्यक्तिगत, शैक्षिक, पेशागत तथा सामाजिक पृष्ठभूमि, निर्वाचन क्षेत्रसँगको सम्बन्ध, राजनीतिक संलग्नता, निर्वाचन भएको खण्डमा गर्न चाहेको कामको संक्षिप्त खाका आवेदकले पेश गर्नुपर्नेछ ।

उम्मेदवारको आकांक्षीले उज्यालो नेपालको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?