News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ८ का लागि सपना राजभण्डारी जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ।
- क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ र बद्री नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ।
- राष्ट्रिय सभाका लागि कृष्णा अमात्यलाई सिफारिस गरिएको छ।
२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ८ का लागि प्रत्यक्षतर्फ सपना राजभण्डारी जोशी सिफारिसमा परेकी छन्।
विघटित प्रतिनिधिसभा सदस्य राजभण्डारी कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको धर्मपत्नी हुन्।
उनी महासमिति सदस्य पनि छन् । यस्तै प्रत्यक्षतर्फ जोशीसहित राजु खरेल, मुस्कान गौतम, रविन्द्रलाल श्रेष्ठ, डा. अमितसिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो ।
क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ, बद्री नेपाल र राष्ट्रिय सभामा कृष्णा अमात्य सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4