News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मन बिनाको धन' पाँचौँ हप्तासम्म नेपालमा प्रदर्शन भइरहेको छ र अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ।
- ग्रेट इभेन्ट मुभीले यो फिल्मलाई २७ र २८ डिसेम्बरमा नेब्रास्काको ओमाहामा प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ।
- फिल्मले २० मंसिरदेखि नेपाली बक्सअफिसमा ३ करोड ८० लाख ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ।
काठमाडौं । नेपालमा पाँचौँ हप्तासम्म प्रदर्शन भइरहेको फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ ।
बालगायक अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस फिल्मले दर्शकको मन जितिरहेको छ । ग्रेट इभेन्ट मुभीले अब यो फिल्मलाई अमेरिकास्थित नेपाली दर्शकमाझ लैजाने भएको छ ।
यो फिल्म २७ र २८ डिसेम्बरमा नेब्रास्काको क्राउन पोइन्ट एभेन्युस्थित ओमाहामा प्रदर्शन हुनेछ । २७ डिसेम्बरमा दिउँसो २ बजे र भोलिपल्ट ४ बजे शो तय छन् ।
संगीतकार समेत रहेका टंक बुढाथोकीको यो डेब्यू निर्देशकीय फिल्म हो । आफ्नो हिट गीतका बालगायकलाई उनले हिरो लिएर फिल्म बनाएका हुन् । दर्जीको जीवन सुधार्न पनि उनको योगदान छ ।
यो फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको अभिनय छ ।
फिल्मले २० मंसिरदेखि नेपाली बक्सअफिसमा ३ करोड ८० लाख ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4