+

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र ट्रान्सपोर्ट युनाइटेडले खेले गोलरहित बराबरी

२०८२ मंसिर  २५ गते २१:१५ २०८२ मंसिर २५ गते २१:१५
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र ट्रान्सपोर्ट युनाइटेडले खेले गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
  • बराबरीपछि एपीएफको २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा छ।
  • अंकतालिकामा इस्ट बेंगाल २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ र शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

२५ मंसिर, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपाली टोली एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरी खेलेको छ ।

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा एपीएफ र ट्रान्सपोर्ट युनाइटेड दुवैबाट कुनैपनि गोल हुन सकेन ।

बल पोसेसनमा पनि पकड जमाउँदै एपीएफले १२ शट एटेम्प्ट गर्दा ४ वटम टार्गेटमा राखेपनि गोल भने निस्कन सकेन ।

बराबरीपछि एपीएफको २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा छ । यसअघि एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराएको थियो ।

अब एपीएफले कराची सिटी र इस्ट बेंगालसँग खेल्न बाँकी छ । अंकतालिकामा इस्ट बेंगाल २ खेलमा २ जितसहित ६ अंकका साथ शीर्षस्थानमा छ ।

कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडको समान २ तथा नसरिन स्पोर्ट्स एकेडेमीको १ अंक छ ।

राउन्ड रोबिन लिगको समाप्तिमा शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

एपीएफ क्लब साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय