+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

आइफोनमा किन बल्छ हरियो र सुन्तला रङको बत्ती ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १७:१८
तस्वीर : एआई

यदि तपाईं पछिल्ला मोडेलका आइफोनको प्रयोग गर्नुहुन्छ भने निश्चय पनि कसैसँग फोनमा कुरा गरिरहेको बेला वा कुनै एप प्रयोग गरिरहेको बेला स्क्रिनको माथि रहेको डाइनामिक आइल्यान्ड नजिकै कहिले हरियो त कहिले सुन्तला रङको बत्ती बलेको देख्नु नै भएको छ होला ।

कतिपय आइफोन प्रयोगकर्ता त्यस्तो बत्ती बल्दा द्विविधामा पर्न सक्नुहुन्छ र त्यो बत्ती किन बलेको होला भनेर जिज्ञासा पनि उठ्नसक्छ । आइफोनमा बल्ने त्यो हरियो तथा सुन्तला बत्तीको आफ्नै अर्थ छ ।

वास्तवमा ती दुई रङका बत्तीहरू आइफोन प्रयोगकर्ताकै सुरक्षा र गोपनियताका लागि राखिएका विशेष फिचर हुन् । जब हरियो थोप्ला बल्दछ तब आइफोनमा क्यामेराको प्रयोग भइरहेको हुन्छ । चाहे त्यो भिडियो कल होस् क्यामेरा एप होस् वा कुनै पनि अन्य एप जसले क्यामेरामा पहुँच राख्दछ।

त्यसैगरी सुन्तला रङको थोप्ले बत्तीले चाहिँ आइफोनमा माइक्रोफोन सक्रिय छ वा कुनै एपले तपाईंको आवाज रेकर्ड गरिरहेको छ भन्ने संकेत गर्दछ ।

आइफोनमा ती लाइटका थोप्लाहरू प्रयोगकर्ताको सुरक्षाकै लागि राखिएको हो ताकि प्रयोगकर्ताले आफ्नो फोनको क्यामेरा तथा माइक्रोफोनमा कुनै एपले लुकिछिपी पहुँच त पूर्‍याएको छैन भन्ने पत्ता लगाउन सकोस् । यसले आइफोनमा इन्स्टल भएका संदिग्ध एपलाई पक्रिन सजिलो हुन्छ ।

कुन एपले माइक तथा क्यामेरामा पहुँच राख्दछ ?

यदि तपाईंले आइफोनमा क्यामेरा वा माइक्रोफोनको प्रयोग गर्नुभएको छैन र पनि फोनको हरियो वा सुन्तला रङको बत्ती बलिरहेको छ भने त्यसबेला तपाईंको फोनको कुनै एपले क्यामेरा तथा माइकमा पहुँच पाइरहेको प्रमाणित हुन्छ । त्यो थाहा पाउनका लागि फोनको कन्ट्रोल सेन्टरमा जानुहोस् । त्यहाँ कुन-कुन एपले फोनमा क्यामेरा तथा माइकमा पहुँच प्राप्त गरेका छन् भन्ने प्रष्ट देखिन्छ । यदि तपाईंलाई ती कुनै एपका बारेमा कुनै शंका लागेमा त्यसलाई तुरुन्तै बन्द गर्न वा क्यामेरा/माइकको पहुँचको अनुमति बन्द गरिदिन सक्नुहुन्छ ।

वास्तवमा आइफोनमा रहेका ती स-साना हरियो तथा सुन्तला रङको थोप्ले बत्ती प्रयोगकर्ताको सुरक्षा र गोपनियतालाई ससक्त बनाउने र कुनै शंकास्पद तथा अनिच्छित क्रियाकलाप पत्ता लगाउने सूचकहरू हुन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?