News Summary
Generated by OK AI. Editorially reviewed.- रिद्दाराले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभसहित विशेष अफर सार्वजनिक गरेको छ।
- रिद्दाराले 'टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन' सञ्चालन गरिरहेको छ जसमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ अनुभव प्राप्त गर्न सक्नेछन्।
- अफरमा नगद छुट, १ वर्ष निशुल्क सडक ट्याक्स र बीमा, सजिलो फाइनान्सियल सुविधा र निश्चित एक्स्चेन्ज भ्यालुएसन समावेश रहेको कम्पनीले जनाएको छ।
२६ मंसिर, काठमाडौं । ईभी पिकअप ब्रान्ड रिद्दाराले विशेष अफर सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभ ग्राहकले प्राप्त गर्न सक्नेछन्।
यसै अवसरमा रिद्दाराले ‘टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन’ पनि सञ्चालन गरिरहेको छ । यस क्याम्पियनमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ मार्फत अनुभव प्राप्त गर्न सक्नेछन् ।
नेपालको विविध भाैगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यसको २ डब्लूडी भेरियन्ट सहर र हाइवेका लागि स्मुथ तथा किफायती छ भने ४ डब्लूडी भेरियन्टले कठिन भूभाग तथा अफ-रोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यस अफर अन्तर्गत नगद छुट १ वर्ष निशुल्क, सडक ट्याक्स १ वर्ष निशुल्क, बीमा, सजिलो फाइनान्सियल सुविधा तथा निश्चित एक्स्चेन्ज भ्यालुएसन समावेश रहेको कम्पनीले जनाएको छ । देशभरका शोरूममा सीमित अवधिका लागि अफर रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4