News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्कमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त भएको छ।
- गत अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको र भालुहरूले घर र विद्यालय नजिकै तोडफोड गर्ने घटनाहरू नियमित रूपमा भएका छन्।
- जापान सरकारले भालुको आक्रमण बढेको कारणले थप सतर्कता अपनाइरहेको र वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र बढ्दो भालु सङ्ख्याले आक्रमण बढी भएको बताएका छन्।
२६ मंसिर, टोकियो । जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।
नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले आइतबार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएकी छन् ।
भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।
जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् ।
प्रतिक्रिया 4