+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

जोखिमकाबीच नोबेल पुरस्कार विजेता माचाडोले छाडिन् भेनेजुएला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वे गोप्य यात्रा गरेको बताएकी छन्।
  • मचाडोले आफ्नो यात्रा अत्यधिक जोखिमपूर्ण रहेको र आफू परमेश्वरको हातमा रहेको महसुस गरेको उल्लेख गरेकी छन्।
  • उनको यात्रा अमेरिकी सहयोगमा गरिएको र समुद्रमा डुङ्गा खराब भएपछि उद्धार सङ्गठनले भेटेको जानकारी दिइएको छ।

२६ मंसिर, ओस्लो । सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पुरस्कार ग्रहण गर्न भगवानको भरोसामा आफुले यात्रा गरेको बताएकी छन् ।

भेनेजुएलाबाट नर्वेतर्फ गोप्य यात्रा गरेका कारण ज्यान खतरामा पर्नसक्ने अत्यधिक जोखिम रहँदारहँदै आफूले देश छाड्ने कदम चालेको उनले बताइन् ।

‘मेरो विचारमा यात्राका क्षणहरूमा मेरो जीवनमा वास्तविक जोखिम थियो त मैलै केवल महसुस गरेँ कि म परमेश्वरको हातमा छु र जे भए पनि भगवान् मेरो सहारा हुनुहुनेछ,’ उनले ओस्लोमा पत्रकार सम्मेलनमा भनिन् ।

अमेरिकी मिडियामा उनको यात्राको नाटकीय विवरणपछि उनले भेनेजुएलालाई कसरी छोड्न सफल भइन् यो भन्ने वर्णन गरिएको थियो । उनी गत वर्षदेखि स्वदेशमा नै भूमिगतरूपमा बस्दै आएकी थिइन् ।

‘हामीलाई यहाँसम्म पुग्न अमेरिकी सरकारको सहयोग प्राप्त भएको छ,’ एएफपीद्वारा विदेश यात्राका लागि वासिङ्टनले सहयोग गरेको छ कि छैन भनेर सोधिएको प्रश्नमा माचाडोले भनिन् ।

वाल स्ट्रिट जर्नलले मचाडोले उच्च जोखिमको यात्रा गर्नुपूर्व नक्कली कपाल र छद्मरूपको पहिरन प्रयोग गरेकी थिइन् ।

सोमबार यात्रा सुरु गर्नुपूर्व उनी काराकासको उपनगरमा गोप्यरूपमा रहेकी थिइन् । उनले क्यारेबियन सागर पार गरेर कुराकाओ पुगेको पनि जोर्नले जनाएको छ।

उक्त पत्रिकाले भनेको छ, ‘अमेरिकी सेनालाई हवाई आक्रमणबाट शान्ति पुरस्कार विजेता मचाडो चढेको डुङ्गालाई हवाई आक्रमण गर्नबाट जोगाउन भनिएको थियो । वाशिङ्गटनले भेनेजुएलामा ठूलो नौसैनिक शिविर निर्माण र कथित लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमा आक्रमण गर्ने प्रयास गरेको थियो।

वाल स्ट्रिट जर्नलले पछि रिपोर्ट गरेअनुसार मचाडो र स्किफको सानो चालक दल उनीहरूको सुरक्षाका लागि राखिएको मार्ग प्रदर्शन (रेडियो) प्रणाली खराब समुद्रमा खसेपछि र ब्याकअप असफल भएपछि केही समय समुद्रमा लक्ष्यविहिन बगेको थियो ।

जिपिएस हराएका कारण उनी तोकिएको स्थानमा अवतरण गर्न नसकेको र उनलाई भेनेजुएलाको खाडीमा खोज्नुसमेत परेको थियो ।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा एक गैर–नाफामुखी उद्धार सङ्गठनका प्रमुख ब्रायन स्टर्नले भेनेजुएला छोडेपछि समुद्रमा माचाडोलाई भेटेको बताए ।

सीबीएसका अनुसार उनी आफ्नो डुङ्गामा चढेर चार दिनअघि मात्र योजना गरिएको अभियानको एक भागको रूपमा पानीजहाज चढ्न अज्ञात स्थानमा गएकी थिइन् ।

स्टर्नले मध्यरातमा ‘डरलाग्दो’ र धेरै भिजेको डुङ्गा यात्राको वर्णन गरिन् ।

स्टर्नले भने, ‘समुद्रको अवस्था हाम्रो लागि अनुकुल थियो र उत्तिकै जोखिमयुक्त पनि । समुद्रमा मौसम खराब भएका कारण उनीहरूले पिछा गर्न भेनेजुवाली सैनिकलाई अनुकुल थिएन ।

यो अवस्था उनीहको लागि प्रतिकुल र हाम्रा लागि आदर्श (अनुकुल) थियो । समुद्रमा पानीको सामान्य गति नभएको र छालहरू जति उच्च हुन्छन् । राडारलाई देख्न त्यति नै गाह्रो हुन्छ।’

सीबीएसले मचाडोका एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, ‘स्टर्नको कम्पनी, ‘ग्रे बुल रेस्क्यु फाउन्डेसन’ मङ्गलबारबाट सुरु भएको यात्रालाई पछ्याइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?