+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सम्पदाबाट सामाजिक जागरण : पाटन दरबार स्क्वायरमा लैङ्गिक हिंसाविरुद्ध आवाज 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १३:०७

२६ मंसिर, काठमाडौं । कला र संस्कृतिले भरिपूर्ण ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर एक फरक सन्देशले गुञ्जायमान भयो ।

परम्परागत नेवारी धिमे बाजाको तालमा आधुनिक चेतनाका नाराहरू मिसाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि एक जीवन्त प्रदर्शन आयोजना गरियो ।

परिवर्तनको लागि सहकार्य नेपाल(क्यान) द्वारा आयोजित कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोह थियो । जसले प्राचीन सम्पदालाई सामाजिक जागरणको मञ्चमा रूपान्तरण गर्‍यो ।

‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने मूल नारा बोकेका सहभागीहरूले मल्लकालीन वास्तुकलाको पृष्ठभूमिमा र्‍याली प्रदर्शन गरे ।

उनीहरूका हातमा रहेका प्लेकार्डहरूले डिजिटल युगमा महिलाहरूले भोग्नुपरेका नयाँ चुनौतीहरूलाई उजागर गरेका थिए ।

दरबार क्षेत्रको ढुङ्गे पाटीमा प्रस्तुत गरिएको ‘हामी सक्छौँ’ नामक सडक नाटकले प्रविधिको दुरुपयोगबाट हुने हिंसाको पीडालाई मार्मिक रूपमा प्रस्तुत गर्दा उपस्थित दर्शकहरू भावुक बने ।

यो दृश्य सांस्कृतिक सम्पदा र आधुनिक सामाजिक मुद्दाबीचको एक शक्तिशाली संगम थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनको लागि सहकार्य नेपाल(क्यान)की कार्यक्रम निर्देशक एवं संस्थापक अध्यक्ष इन्द्र घलेले पुर्खाहरूले जसरी अनुपम कलाकृति सिर्जना गरे  वर्तमान पुस्ताले न्यायपूर्ण र मर्यादित समाज निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

उनले ऐतिहासिक थलोबाटै हिंसाको अन्त्यको प्रण गर्नुपर्ने बताउँदै डिजिटल हिंसाले पारेको मानसिक र सामाजिक असरको रोकथामका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् ।

त्यसैगरी ललितपुर महानगरपालिका, महिला विभागकी प्रमुख सरिता महर्जनले पाटनजस्तो सांस्कृतिक नगरीबाट अभियान चलाइनुले सकारात्मक परिवर्तनको सन्देश विश्वभर फैलिने विश्वास व्यक्त गरिन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्याम  कुमारी सि‌हले घर र समाजको व्यवहारले नै हिंसाको जग बसाल्ने हुँदा परिवर्तनको सुरुवात आफैँबाट र आफ्नै घरबाट हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा ‘मेरो शरीर मेरो अधिकार’ जस्ता चेतनामूलक गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएका थिए  । जसले पाटनको ऐतिहासिक प्राङ्गणमा समानता र आत्मसम्मानको ऊर्जा थपेको सहभागी भएको सयौंको संख्यामा युवा, अधिकारकर्मी र स्थानीयवासी यो ऐतिहासिक स्थलमा केवल विगतको गौरव मात्र होइन, उज्ज्वल र न्यायपूर्ण भविष्यको संकल्प पनि देख्न सकिन्छ भन्ने सन्देश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?