News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ र आठ जना गम्भीर घाइते भएका छन्।
- घटना शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो र गोली चलाउने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
- ब्राउन युनिभर्सिटी आसपासका क्षेत्रमा मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ र अमेरिकी राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ।
२८ मंसिर, काठमाडौं। अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन् । कालो कपडा लगाएका ती व्यक्ति पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।
प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ ।
ब्राउन युनिभर्सिटी र सो आसपासका क्षेत्रमा रहेका मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ ।
यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4