+
+
Shares

नेपाल जेनजी फ्रन्टले जागरण सभा सञ्चालन गर्दै, पहिलो कार्यक्रम दमकमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १०:३६
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ ।

सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो ।

झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र पनि हो ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधि साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेनजी फ्रन्टकातर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेनजीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायत वक्ताका रहनेछन् । ओझा झापा क्षेत्र नं. ५ कै स्थायी बासिन्दा र मतदाता समेत हुन् ।

कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?