+
+
Shares

‘रमिताको पिरती’ को रोमान्टिक गीत : थाइल्याण्डमा समीरसँग आनाको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘रमिताको पिरती’ २३ माघदेखि प्रदर्शन हुन लागेको छ र यसको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ।
  • फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ र आना शर्माको फरक शैली चर्चामा छ।
  • ‘तिमी भए काफी’ गीत सोमबार ललितपुरको लाबिम मलमा सार्वजनिक गरिएको छ जसमा आना र समीर श्रेष्ठको रोमान्स देखाइएको छ।

काठमाडौं । २३ माघदेखि प्रदर्शन हुन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ ।

फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ । अभिनेत्री आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तु लोकप्रिय बनिरहेका छन् ।

यसैक्रममा, यो फिल्मको ‘तिमी भए काफी’ बोलको गीत सोमबार ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा आना र डेब्यू अभिनेता तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेसनमा आना र समीर रोमान्टिक देखिएका छन् ।

आना थाइल्याण्डमा खुलेकी छिन् । फिल्मको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ । यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।

समीरकै स्वरमा समावेश यो गीतमा शास्वतको संगीत छ । झोलेको छायांकन रहेको यो गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

सुदिप्ताले निर्देशन गरेको फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामो लगायतका कलाकारको अभिनय छ ।

सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।

आना र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?