+
+
Shares
फलोअप :

‘रमिताको पिरती’ को मुद्दामा अन्तरिम आदेश आएन, तत्काल प्रदर्शनको लागि बाटो खुला

१५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १३:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन उच्च अदालतले फिल्म 'रमिताको पिरती' को प्रदर्शनमा तत्काल अन्तरिम आदेश नदिन ठहर गरेको छ।
  • अदालतले चलचित्र विकास बोर्ड र निर्माता कम्पनीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
  • निर्माता कम्पनी, कार्यकारी निर्माता र लेखकलाई विपक्षी बनाइएको र अन्तिम फैसला आउन बाँकी छ।

काठमाडौं । फिल्म ‘रमिताको पिरती’ लाई तत्कालको लागि प्रदर्शनको लागि बाटो खुलेको छ । पाटन उच्च अदालतले यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ ।

न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र विकास बोर्ड र फिल्म निर्माता कम्पनी शिरो फिल्म्स प्रालिलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच भैसकेकाले तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतको ठहर छ । सोमबार निवेदनकर्ताका तर्फबाट अधिवक्ताद्वय सृष्टि भट्ट र लक्ष्मी तामाङले बहस गरेका थिए ।

ती दुबैजना अधिवक्ताले उक्त फिल्मले पुरुषप्रति घृणा फैलाएकाले प्रदर्शनमा रोक लगाउन माग गर्दै अदालतमा रिट दायर गरेका थिए । चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको थियो ।

‘रमिताको पिरती’ अहिले हलमा प्रदर्शन भैरहेको छ । अदालतको अन्तिम फैसला भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?