News Summary
Generated by OK AI. Editorially reviewed.- दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
- महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजकको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन्।
- सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन महाअभियानलाई पत्राचार गरेको थियो।
२९ मंसिर, काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको छ ।
जसमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् ।
महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका छन् ।
आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।
त्यसपछि वार्ता टोली टुंगो लगाइएको प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रसाईं समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
ती विषय मध्ये तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरुको सम्बन्धमा वार्ता गर्नका लागि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ ।
प्रतिक्रिया 4