१ पुस, काठमाडौं । भारतको राजधानी दिल्लीमा आज पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमै रहेको छ ।
मंगलबार पनि दिल्लीका विभिन्न क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ४०० नाघेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ ।
सीपीसीबीका अनुसार मंगलबार बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ ।
यसैगरी अशोक विहारमा ४१०, आनन्द विहारमा ४०६, बवानामा ४०३ र आईटीओ क्षेत्रमा ४०२ रहेको छ ।
अन्य क्षेत्रहरूमा पनि वायु गुणस्तर निकै खराब अवस्थामा देखिएको छ । नरेला क्षेत्रमा ३८८, चाँदनी चौकमा ३८०, बुराडीमा ३७६, रोहिणीमा ३५६, शादिपुरमा ३५५ तथा नजफगढमा ३४८ मापन गरिएको छ ।
४०१ देखि ५०० सम्मको एक्युआईलाई ‘गम्भीर’ र ३०१ देखि ४०० सम्मकोलाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ ।
यसअघि गत शनिबार दिल्ली-एनसीआर क्षेत्रमा वायु गुणस्तर गम्भीर अवस्थामा पुगेपछि ग्र्याप–४ (ग्रेडेड रिस्पोन्स एक्शन प्लान) लागू गरिएको थियो ।
ग्र्याप-४ अन्तर्गत निर्माण कार्यमा कडाइ, सवारी साधन नियन्त्रण तथा अन्य आपतकालीन उपायहरू लागू गरिएका छन् ।
प्रतिक्रिया 4