+
+
Shares

तेल ट्यांकरलाई भेनेजुएला आउ–जाउ गर्न अमेरिकाको रोक, मूल्य प्रभावित हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ८:२१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् ।

ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले भेनेजुएलालाई ‘आतंकवाद, लागुऔषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै सो निर्देशन दिएका हुन् । उनले लेखेका छन्, ‘आज म भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमा पूर्ण र सम्पूर्ण नाकाबन्दीको निर्देशन दिँदैछु ।’

एक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुट’ भनेर आलोचना गरेका थिए ।

त्यसपछि ट्रम्पले तेल ट्यांकरमा नाकाबन्दीको निर्देशन दिएका हुन् ।, ट्रम्पको यस नयाँ निर्देशनले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्ना वायुसेना र नौसेना तैनाथ गरेको छ । यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिक समावेश रहेको बीबीसीले जनाएको छ ।

अमेरिकाले यस क्षेत्रमा धेरै डुंगामाथि आक्रमण गरेको छ, जसमा अहिलेसम्म ८० भन्दा बढी मानिसको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?