+
+
Shares

ज्योती मगरसँगै बसेर भोट माग्दैछन् केपी ओली

मतदान गरिसकेका केपी शर्मा ओली भने चौरमा पलेँटी कसेर बसेरै गफिँदै भोट मागिरहेका छन् । ओली गायिका ज्योती मगरसँगै बसेर प्रतिनिधिहरूसँग गफ गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत २ पुस काठमाडौँमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन्।
  • केपी शर्मा ओली मतदानपछि भृकुटीमण्डपमा ज्योती मगरसँग बसेर प्रतिनिधिसँग गफ गर्दै भोट मागिरहेका छन्।
  • गायिका ज्योती मगरले मंगलबारदेखि एमाले उम्मेदवारको प्रचार गरिरहेकी छन् र बुधबार पनि महाधिवेशन स्थलमा भोट मागिरहेकी छन्।

२ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज बुधबार मतदान जारी छ । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले भोट हालेर सुरु भएको मतदान चलिरहेको छ । प्रतिनिधिहरू लाइन लागेर भोट हाल्न पालो कुरिरहेका छन् ।

अर्कोतिर मतदान गरिसकेका केपी शर्मा ओली भने चौरमा पलेँटी कसेर बसेरै गफिँदै भोट मागिरहेका छन् । ओली गायिका ज्योती मगरसँगै बसेर प्रतिनिधिहरूसँग गफ गरिरहेका छन् । त्यहाँ ओलीले सुन्तलासहितको प्लास्टिकको झोला मगरलाई दिएका छन् ।

ज्योती मगर मंगलबार पनि एमाले महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर एमालेका केही उम्मेदवारको प्रचार गरिरहेकी छन् । उनी आज बुधबार पनि बिहानैदेखि महाधिवेशन स्थल पुगेर भोट मागिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?