+
+
Shares

एमाले महाधिवेशन : ५ घण्टामा खस्यो ५३६ मत

नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको छ । बिहान ९:२० बजेदेखि मतदान सुरु भएको हो । मतदान सुरु भएको ५ घण्टामा ५३६ मत खसेको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।
  • भृकुटीमण्डपमा बिहान ९:२० बजेदेखि विद्युतीय मेसिनमार्फत मतदान सुरु भएको छ।
  • नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् र ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

२ पुस काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको छ । बिहान ९:२० बजेदेखि मतदान सुरु भएको हो । मतदान सुरु भएको ५ घण्टामा ५३६ मत खसेको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । विद्युतीय मेसिनमार्फत मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

नेतृत्व चयनका लागि दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितले भोट हालेर मतदानको सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?