+
+
Shares

एमाले महाधिवेशनमा खस्यो ८०२ मत

निर्वाचन आयोगका सानुराजा पोखरेलका अनुसार ५ बजेसम्म ८०२ जनाले मत खसाली सकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १७:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको नयाँ नेतृत्वका लागि ८०२ मत खसिसकेको छ भने कुल मतदाता संख्या २ हजार २ सय ६३ जना छन्।
  • केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल बनाएर चुनावी मैदानमा छन्।
  • निर्वाचन आयोगका सानुराजा पोखरेलले मतदान स्थलमा ८ बजेभित्र टोकन लिएर प्रवेश गर्नुपर्ने बताए।

पुस २, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि जारी मतदानमा ८०२ मत खसिसकेको छ । निर्वाचन आयोगका सानुराजा पोखरेलका अनुसार ५ बजेसम्म ८०२ जनाले मत खसाली सकेका छन् ।

एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । त्यसपछि मुख्य प्रवेशद्वार बन्द हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?