News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।
- भृकुटीमण्डपमा बिहान ९:२० बजेदेखि विद्युतीय मेसिनमार्फत मतदान सुरु भएको छ।
- नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् र ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
२ पुस काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा ५३६ मत खसेको छ । बिहान ९:२० बजेदेखि मतदान सुरु भएको हो । मतदान सुरु भएको ५ घण्टामा ५३६ मत खसेको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । विद्युतीय मेसिनमार्फत मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेतृत्व चयनका लागि दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितले भोट हालेर मतदानको सुरुवात गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4