पुस २, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाडौँको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।
उनले मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएर समय लगाएको उनले जानकारी गराए ।
‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘मतदाताले ३५ मिनेट मतदान गर्न सक्नुहुन्छ भन्ने अनुमान थियो । सबैलाई प्राविधिक ज्ञान नभएकोले ढिलाइ भएको छ ।
आज रातभर मतदान चल्नेछ ।’
उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।
प्रतिक्रिया 4