+
+
Shares
एमाले महाधिवेशन :

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

सावदमाथि प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १२:४९

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामबद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् ।

केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् ।

यही क्रममा एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ । सावदले प्यानलगत उम्मेदवारहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् ।

सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?