News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
- कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली हात्ती लिएर भैरहवा आइपुगेको हो।
- खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्याइएको छ र जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ।
२ पुस, काठमाडौँ । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो ।
खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्याइएको छ ।
यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो । जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो । उनका अनुसार बिहान ७-८ पटक फन्का मार्दा पनि मौसम नखुलेपछि जहाज डाइभर्ट भएको हो ।
प्रतिक्रिया 4