२ पुस, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले पुर्याएको योगदानको कदर स्वरूप महानगरपालिकाले १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थित थियो ।
प्रतिक्रिया 4