+
+
Shares

सशस्त्रले बरामद गर्‍यो ४५ लाखको भेप

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।
  • सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले अवैध रूपमा नेपालबाट भारततर्फ लैजान परालको कुन्युमा लुकाइएको भेप बरामद भएको बताए।
  • बरामद भेप सशस्त्र प्रहरी बलको नं. २६ गण र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाएको छ।

२ पुस, काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ ।

नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो ।

सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

बरामद गरिएको भेप महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?