+
+
Shares

नेपाली सेनाका ६ उपरथीको सरुवा हुँदा ३ पृतनापति फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:४३
बायाँबाट क्रमशः मधुकर सिंह कार्की, हरेन्द्र पाठक र प्रेमबहादुर पुन ।
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । नेपाल सेनाका ६ उपरथीको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ६ उपरथीको सरुवा भएको हो ।

६ उपरथी सरुवा हुँदा ३ पृतनापति समेत हेरफेर भएका छन् । पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौंडाका पृतनापतिहको हेरफेर भएको हो ।

पश्चिम पृतनाका उपरथी मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ । पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई सरुवा गरिएको छ । थापा यसअघि निरीक्षणाधिकृतको रुपमा जंगी अड्डामा कार्यरत थिए ।

मध्य पृतना हेटौंडाका पृतनापति हरेन्द्र पाठकको प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएको छ ।

मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ । खड्का जंगी अड्डामा अतिरिक्त समूहमा थिए ।

मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको जंगी अड्डामा भएको छ । अर्का उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा पठाइएको छ । विष्ट स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए ।

सेनाका ८ वटा पृतनामध्ये अन्य ५ पृतनामा भने पृतनापति यथावत छन् । पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी, उपत्यका पृतनामा रवीन्द्र खत्री, मध्यपूर्व पृतनामा कृष्णबहादुर जिसी, उत्तरपश्चिम पृतनामा दिपेशजंग शाह र सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?