+
+
Shares

निकासी पैठारी संघ र चेम्बरबीच छलफल, व्यावसायिक सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:०४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना विषयमा छलफल भएको छ।
  • संघका अध्यक्ष शिवकुमार अग्रवालले दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने उद्देश्य रहेको बताउनुभयो।
  • चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अहिले लगानीको लागि उपयुक्त समय आएको र बैंकमा तरलता प्रशस्त रहेको उल्लेख गर्नुभयो।

३ पुस, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा छलफल भएको छ ।

बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी भए । संघको तर्फबाट अध्यक्ष शिवकुमार अग्रवाल लगायत कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

कार्यक्रममा संघका अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरू भएको र दुवैका सरोकारका विषय लगभग समान रहेकाले सहकार्य गरेर अघि बढ्ने संघको उद्देश्य रहेको बताए ।

व्यवसायीमा अन्योल छाएको अहिलेको अवस्थामा संघ सदस्यहरुको मनोबल उकास्न लागिपरेको पनि उनले बताए । यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरूको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनको भनाइ छ ।

चेम्बर निजी क्षेत्रको प्रभावशालीमध्येको एक संस्था रहेकोले अन्य संघसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले उनीहरूलाई मार्गदर्शन गर्नुपर्ने उनले बताए । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीको लागि उपयुक्त समय आएको भन्दै सहभागी व्यवसायीलाई यो मौकाको सदुपयोग गर्न आग्रह गरे ।

‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो । अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,’ उनले भने ‘अहिले बैंकमा तरलता प्रशस्त छ । उनीहरू ऋण दिन तयार छन् । यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ ।’

उनले निजी क्षेत्रका संघसंस्थासँग हातेमालो गरेर अघि बढ्न चेम्बर तयार रहेको पनि बताए । उनले चेम्बर आन्दोलनका विविध आयामबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?