+
+
Shares

रहर र चना दालको भाउ घट्यो, किलोको कति ?

दालको स्वदेशी उत्पादन नगन्य मात्रामा हुँदा भारत लगायत देशबाट आयात हुँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा रहर दाल र चना दालको भाउ १५ दिनमा प्रतिकिलो ५ रुपैयाँले घटेर क्रमशः २०० र १६५ रुपैयाँमा आएको छ।
  • मुसुर दाल, गेडा मुगी, छाटा मुगी र मास दालको मूल्य स्थिर रहेको नेपाल खुद्रा व्यपार संघले जनाएको छ।
  • नेपालमा दालको स्वदेशी उत्पादन नगन्य भएकाले भारत लगायत देशबाट आयात हुँदै आएको छ।

४ पुस, काठमाडौं । स्थानीय बजारमा रहर दाल र चना दालको भाउ घटेको छ ।

नेपाल खुद्रा व्यपार संघले उपलब्ध गराएको १५ दिनको तथ्यांकले यी दालको भाउ घटेको देखाएको हो ।

१५ दिनअघिको तुलनामा रहर दाल र चना दाल प्रतिकिलो ५ रुपैयाँले घटेको छ ।

१५ मंसिरको तथ्यांक अनुसार रहर दाल २ सय ५ रुपैयाँमा किनबेच भइरहेको थियो । १ पुसमा आउँदा प्रतिकिलो ५ रुपैयाँ घटेर २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै १५ दिनअघि चना दालको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ थियो । अहिले भने चना दाल प्रतिकिलो १ सय ६५ रुपैयाँमा कायम छ ।

मुसुर दालको भाउ भने स्थिर छ । बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको किन्न पाइन्छ ।

मुसुर दाल एक नम्बर प्रतिकिलो १ सय ८० र २ नम्बर १ सय ५० रुपैयाँमा कायम छ ।

त्यस्तै, गेडा मुगी र छाटा मुगीको मूल्य पनि स्थिर छ।

अहिले बजारमा गेडा मुगी प्रतिकिलो १ सय ९० र छाटा मुगी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै मास दाल २ नम्बर १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

दालको स्वदेशी उत्पादन नगन्य मात्रामा हुँदा भारत लगायत देशबाट आयात हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?