+
+
Shares

हरिवंशले गराए मोतिबिन्दुको शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता हरिवंश आचार्यको दाहिने आँखाको मोतिबिन्दुको शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानमा गरिएको छ।
  • चिकित्सक सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो र हरिवंशले सामाजिक सञ्जालबाट चिकित्सकप्रति आभार व्यक्त गरेका छन्।
  • हरिवंशले १५ दिन आराम गर्न, कालो चस्मा लगाउन र आँखा नमिच्न चिकित्सकले सल्लाह दिएको अनलाइनखबरलाई बताए।

काठमाडौं । अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबन्दुको अप्रेसन गरिएको हो ।

चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो सेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गरेका छन् ।

चिकित्सकले आफूलाई १५ दिन आराम गर्न, कालो चस्मा लगाउन, धूलो धुवाँमा नहिँड्न, आँखा नमिच्न सल्लाह दिएको हरिवंशले अनलाइनखबरलाई बताए ।

हरिवंशले आगामी फिल्मको रुपमा ‘पाँच पाण्डव’ मा अभिनय गर्दैछन् । यो फिल्म माघदेखि छायांकनमा जाने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?