+
+
Shares

अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेको छ।
  • संदिग्ध क्लाउडियो नेभेस भालेन्ते मृत अवस्थामा फेला परेका छन् र उनीले दुई जनाको हत्या गरेको विश्वास गरिएको छ।
  • होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले कुनै अमेरिकीलाई हानि नहोस् भनेर योजना रोकिएको बताए।

४ पुस, काठमाडौं । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।

ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ।

यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणाली मार्फत प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ । नेपालीहरू पनि डीभी परेर अमेरिका जाने र ग्रीनकार्ड पाएर बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?