+
+
Shares

बङ्गलादेशको सञ्चारमाध्यम भवनमा आगजनी : २५ जना पत्रकारको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:१८
Photo Credit : द डेलीस्टार
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढाकाको कावरान बजारस्थित द डेली स्टार अखबारको कार्यालयमा आक्रोशित भिडले आगो लगाउँदा कम्तीमा २५ जना पत्रकार उद्धार भएका छन्।
  • भीडले कार्यालयमा तोडफोड गरी नारा लगाएको र आगो लगाएको हुँदा दमकलकर्मीहरूले उद्धार गरेका छन्।
  • बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले शान्ति कायम राख्न र कानुन प्रवर्तनलाई व्यावसायिक रूपमा अनुसन्धान गर्न अपिल गर्नुभएको छ।

४ पुस, ढाका । ढाकाको कावरान बजार स्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापामारी आगो लगाउँदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।

बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ ।

भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारहरूलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ ।

बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ ।

पछि न्यु एजका सम्पादक नुरुल कबिर सँगै पत्रकारहरूलाई बाहिर निकाल्दै सैनिकहरू देखिएको जनाइएको छ ।

बङ्गलादेशका अन्तरिम सरका प्रमुख मुहम्मद युनुसले राष्ट्रमा शान्ति कायम राख्न र कानुन प्रवर्तनलाई व्यावसायिक रूपमा अनुसन्धान गर्न अनुमति दिन नागरिकहरूलाई अपिल गर्दै सरकार विधिको शासन कायम राख्न र लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै युनुसले भने, ‘म देशका सबै नागरिकहरूलाई धैर्य र संयमता कायम राख्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?