+
+
Shares

धर्मको अपमान गरेको आरोपमा बंगलादेशमा कुटीकुटी हिन्दू युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १९:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले हिन्दू युवक दीपू चन्द्र दासको कुटपिट गरी हत्या गरेको छ।
  • मृतक युवकको शव रुखमा झुण्ड्याइदिएर आगो लगाइएको र प्रहरी टोलीले शव बरामद गरी अस्पताल पठाएको छ।
  • बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले युवकको हत्या भएको घटनाको निन्दा गर्नुभएको छ।

४ पुस, काठमाडौं । बंगलादेशमा धर्मको अपमान गरेको आरोपमा कुटीकुटी एक हिन्दू युवकको हत्या भएको छ ।

बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले कुटीकुटी युवकको हत्या गरेको हो ।

बिहीबार राति ९ बजेतिर भालुका उपजिल्लाको दुबालिया पाडामा उक्त घटना भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी बांग्लाले जनाएको छ ।

भालुका प्रहरी चौकीका एक प्रहरी अधिकारीका अनुसार आक्रोशित भीडले कुटपिट गरी युवकको शव रुखमा झुण्ड्याइदिएका थिए । त्यसपछि उनीहरूले शवमा आगो लगाएको प्रहरी अधिकारी रिपन मियाले बताए ।

मृतक युवक दीपू चन्द्र दास भएको प्रहरीले पहिचान गरेको छ । कोठा भाडामा लिएर बस्दै आएका ती युवक स्थानीय कपडा उद्योगमा काम गर्थे ।

सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतक युवकको शव बरामद गरेर मैमनसिंह मेडिकल कलेज अस्पताल पठाएका थिए ।

प्रहरी अधिकारी मियाले मृतकको आफन्तको खोजि भइरहेको र मुद्दा दर्ता गरेर दोषीमाथि कानुनी कारबाही गर्ने बताए ।

बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले युवकको हत्या भएको घटनाको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?