+

लिभरपुलले टोटनहमलाई हरायो, दुई खेलाडीलाई रातो कार्ड

२०८२ पुष  ६ गते ८:१२ २०८२ पुष ६ गते ८:१२
लिभरपुलले टोटनहमलाई हरायो, दुई खेलाडीलाई रातो कार्ड
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनहमलाई २-१ ले हराएको छ।
  • टोटनहमका दुई खेलाडीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो।
  • लिभरपुल १७ खेलमा २९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटनहममाथि २-१ को जित हासिल गरेको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा गोल भएका थिए । लिभरपुलका एलेक्जेन्डर इसाक र हुगो एकिटिकेले एक-एक गोल गरे । घरेलु टोलीका रिचार्लिसनले गरेको गोल सान्त्वना बन्यो ।

पहिलो हाफको ३३औं मिनेटमा टोटनहमका जाभी सिमोन्सले खराब फाउल गरेपछि रातो कार्ड पाएका थिए । त्यसपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । यसका बाबजुद पहिलो हाफमा लिभरपुलले फाइदा लिन सकेन ।

दोस्रो हाफको ५६औं मिनेटमा वैकल्पिक खेलाडी इसाकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ६६औं मिनेटमा एकिटिकेले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर त्यसपछि गोल हुन सकेन । इन्जुरी समयमा क्रिस्टियन रोमेरोले पनि रातो कार्ड पाएपछि अन्तिम क्षणमा टोटनहम ९ खेलाडीमा सीमित भएको थियो ।

यस जितपछि लिभरपुल १७ खेलमा २९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । टोटनहमको २२ अंक छ र १३औं स्थानमा छ ।

गएराति भएको अन्य खेलमा ब्रेन्टफोर्डले वुल्भ्सलाई २-० ले हराउँदा लिड्सले क्रिस्टल प्यालेसमाथि ४-१ को जित निकाल्यो । सन्डरल्यान्ड र ब्राइटनले गोलरहित बराबरी खेले ।

इंग्लिस प्रिमियर लिग टोटनहम टोटनहाम लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय