Listen News
0:00
0:30
६ पुस, ताप्लेजुङ । भरुवा बन्दुकसहित एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
सोही बन्दुक पड्केर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान गरिररहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4