+
+
Shares

सम्झौतापछि रिहा नभएकाले गृहमन्त्रीलाई सम्पर्क गर्नु भन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १४:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारले सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गर्नुभएको छ।
  • गुरुङले भदौ २३ र २४ को आन्दोलनमा पक्राउ परेका परिवारले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गर्नुभएको छ।
  • सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको र सम्झौतामा प्रदर्शनमा सहभागीलाई फौजदारी मुद्दा नचलाउने उल्लेख भएपनि आन्दोलनकारीलाई झुटा मुद्दा लगाइएको गुरुङले आरोप लगाउनुभएको छ।

६ पुस, काठमाडौं । द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् ।

उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ ।

राजपत्रमा समेत प्रकाशित भइसकेको जेनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ ।

तर, भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?