+
+
Shares

जेनजी सम्झौता च्यात्ने सोडारीले प्रधानमन्त्रीसँग मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १३:१३

११ चैत, काठमाडौं । सरकारसँग जेनजीहरूले गरेको सम्झौता च्यात्ने जेनजी मुभमेन्टका अगुवा अजय सोडारीले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोडारीले प्रधानमन्त्री कार्कीसँग माफी मागेका हुन् ।

संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै सम्झौता भएकै दिन (मंसिर २४) गते सोडारीले उक्त सम्झौता च्यातेर फालेका थिए ।

सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता समारोहमा पुगेका थिए ।

सम्झौता भए लगत्तै उनीहरूले प्रधामन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए । उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।

उनै सोडारी मंगलबार राति प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सम्बद्ध स्रोतका अनुसार, उनले प्रधानमन्त्रीसमक्ष माफी मागेका हुन् ।

‘उहाँ (सोडारी) ले त्यो बेलामा भएको घटना सम्झंदै प्रधानमन्त्रीज्यूसँग माफी माग्नुभयो,’ सम्बद्ध स्रोतले भन्यो, ‘साथै, निर्वाचन सफलतापूवर्क सम्पन्न गरेकोमा धन्यवाद पनि दिनुभयो ।’

साथै, उनले प्रधानमन्त्री कार्कीसमक्ष जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनको चरणमा लैजानेगरी सिफारिस समेत गर्न माग गरेका छन् ।

यद्यपि सोडारीले भने आफूले प्रधानमन्त्री कार्कीसँग माफी नमागेको दाबी गरेका छन् । ‘मैले भेटेको हुँ । तर माफी मागेको छैन,’ सोडारीले अनलाइनखबरसँग भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?